Sign Into Mailbox

त्रिवि निति प्रसार तथा कार्यान्वयन सम्वन्धि गोष्ठी धनगढीमा सम्पन्न ।

त्रिभुवन विश्वविद्यालय उच्च शिक्षा सुधार परियोजना कार्यान्वयन कार्यालयको आयोजनामा TU Policy Dissemination and Implementation विषयक कार्यशाला गोष्ठी कैलाली जिल्लाको धनगढीमा सम्पन्न भएको छ ।

त्रिविले पछिल्लो समय अवलम्वन गरेको शैक्षिक एवं प्रशासनिक निति तथा कार्यक्रमका वारेमा जानकारी दिने उद्देश्यले आयोजित उक्त गोष्ठीमा पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चलका १९ वटा आंगिक क्याम्पसका क्याम्पसप्रमुखहरु मध्ये १७ क्याम्पसप्रमुखको उपस्थिति रहेको थियो । गोष्ठीमा त्रिविले पछिल्लो समय महत्वपूर्णरुप लिएको सेमेष्टर प्रणालीको कार्यान्वयन,स्वायत्तता र क्याम्पसका गतिविधिका वारेमा त्रिवि पदाधिकारी सहित क्याम्पसप्रमुखहरुको अन्तरंग छलफल भएको थियो ।

IMG_7306

गोष्ठीको उद्घाटन गर्नुहुदै त्रिविका उपकुलपति प्रा.डा.तीर्थराज खनियाले भुमण्डलिकरण र विश्वव्यापीकरणको वर्तमान परिवेशमा उच्चशिक्षामा अन्तराष्ट्रिय प्रभाववाट मुक्त हुन नसक्ने बताउनुभयो । प्रतिस्पर्धी उच्चशिक्षाले समयका माग भएकोले त्रिविले आफू क्रमशः रुपान्तरण गर्दै लैजाउनुपर्ने उहाँको धारणा रहेको थियो । त्रिविको शैक्षिक एवं प्राज्ञिक उन्नयनको निमित्त आफूहरु नितिगत सुधारको पक्षमा रहेको जानकारी गराउँदै गुणस्तरमा सम्झौता गर्न नसकिने बताउनुभयो । अब त्रिविका सम्पूर्ण क्याम्पसहरु उत्कृष्टताको केन्द्र बन्नुपर्छ भन्दै उँहार्ले क्याम्पसप्रमुखहरुलाई आफ्नो क्याम्पसलाई उत्कृष्टताको केन्द्रको विकास गर्ने रणनीतिक योजना बनाउन समेत आग्रह गर्नुभएको थियो । त्रिविका समस्या केहि आन्तरिक र केहि प्रायोजित समेत रहेको भन्दै अब शैक्षिक सुशासन कायम गरेर देशको सर्वाङणीक विकासको आगी आवश्यक पर्ने उच्चदक्ष एवं प्राविधिक जनशक्ति निर्माण गर्न लाग्नुपर्ने दृष्टिकोण समेत अभिव्यक्त गर्नुभएको थियो ।

देशभर सेमेष्टर प्रणालीको माध्यामवाट कक्षा सञ्चालन गर्न आफूहरु लागिपरिरहेको भन्दै शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठीले त्रिविमा गाइड र गेसपेपरको अन्त्य हुन गइरहेको बताउनुभयो । विद्यावारिधिलाई नितिगत रुपमानै व्यवस्थित एवं गुणस्तरीय बनाउन दृढ संकल्पित रहेको भन्दै उहाँले कठोर नियम निर्माण गर्न अब ढिलाई नहुने धारणा समेत व्यक्त गर्नुभएको थियो । त्रिविको समग्र उत्थानका निमित्त क्याम्पसप्रमुख हरुको भूमिका महत्वपूर्ण रहने भन्दै उहाँले अत्यन्तै जटिल परिस्थितिमा पनि क्याम्पस प्रमुखहरुले निर्वाह गर्नुभएको भूमिकाको प्रंशसा गर्नुभयो ।
गोष्ठीमा त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्रशासनिक क्षेत्रमा देखिएका केहि गलत अभ्यासले त्रिविको गरिमा झस्कदै गइरहेको भन्दै क्याम्पसप्रमुखहरुलाई संस्थाले अवलम्वन गरेको नीति नियम कठाईका साथ पालना गर्न निर्देशन दिनुभएको थियो । आर्थिक अनुशासनका विषयमा लगातार प्रश्न उठिरहेको सन्र्दभ उल्लेख गर्दै उँहाले त्रिविको आर्थिक व्यवस्थापन तथा खरिद सम्बन्धी नियम २०५० अनुरुप क्याम्पस तथा निकायहरुलाई खर्च गर्न सुझाव दिनुभएको थियो । उहाँले खर्च गर्न नजान्दा देखिएको सैद्धान्तिक वेरुजु घटाउन समेत क्याम्पसप्रमुखहरुलाई आग्रह गर्नुभयो । आर्थिक अनुशासन विनाको प्रशासनबाट उपलब्धीको अपेक्षा गर्न नसकिने भएकोले आर्थिक पारदर्शिता कायम गर्न सवैमा आग्रह गर्नुभएको छ ।

गोष्ठीमा त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा.डा ऋद्धिश कुमार पोखरेलले त्रिविको पछिल्लो शैक्षिक एवं प्रशासनिक अवस्था, त्रिविले अवलम्वन गरेको रणनीति, त्रिविका भावी कार्यदिशा एवं सुधारका प्रयासहरु समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । भुर्गभशास्त्र केन्दीय विभागका प्रमुख प्रा.डा लालुप्रसाद पौडेलले सेमेष्टर प्रणाली कार्यान्वयन विषयक कार्यपत्र प्रस्तुत गरी सेमेष्टर प्रणालीमा देखिएका जटिलताका समाधानको वारेमा क्याम्पसप्रमुखहरुलाई जानकारी गराउनुभएको थियो । उहाँले त्रिविको समेष्टर प्रणाली र समेष्टर प्रणालीको अन्तराष्ट्रिय प्रयोगमा देखिएका विविधता र एकरुपताका बारेमा समेत प्रष्ट पार्नुभएको थियो ।

गोष्ठीमा क्याम्पसप्रमुखको तर्फवाट बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शखिशरण सुवेदी, गोरखा क्याम्पसका क्याम्पस प्रमुख विकास कुमार श्रेष्ठ, धौलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय,जुम्ला क्याम्पसका क्याम्पस प्रमुख वसन्तराज भण्डारी, पृथ्वीनारायण क्याक्पसका क्याम्पसप्रमुख प्रा.डा.चन्द्र बहादुर थापा लगायताले क्याम्पसमा कर्मचारीको अभाव भएको,स्थायी शिक्षकहरुलाई अनुमति विनानै सरुवा गर्दा कक्षा सञ्चालनमा कठिनाई भएको, सेमेष्टर प्रणालीप्रति द्धिविधा सिर्जना भएको भन्दै क्याम्पस प्रमुखको जटिलता प्रति गम्भिर हुन त्रिवि पदाधिकारी समक्ष अनुरोध गर्नुभएको थियो । गोष्ठीमा क्याम्पसका समस्या जटिलताका साथै त्रिविले अवलम्वन गरेको पछिल्लो निति कार्यक्रमको वारेमा अन्र्तक्रिया गर्न ३ वटा टोली निर्माण गरी सुझाव संकलन समेत गरिएको थियो ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook