Sign Into Mailbox

त्रिवि जनप्रशासन क्याम्पस स्वायत्ततामा

IMG_8156

काठमाडौं । त्रिभुवन विश्वविद्यालय जनप्रशासन क्याम्पस त्रिवि स्वायत्ततासम्बन्धी नियम २०६२ बमोजिम स्वायत्ततामा गएको छ ।

त्रिवि कार्यकारी परिषद्को मिति २०७२। मंसिर १९ को बमोजिम स्वायत्ततामा जानका लागी स्वीकृति प्रदान गरेको हो । स्वायत्ततामा गएका क्याम्पसलाई उच्चशिक्षा सुधार परियोजनाले आर्थिक सहयोग गर्ने प्रावधान अनुरुप २०७२।११।२० मा उच्चशिक्षा सुधार परियोजना र जनप्रशासन क्याम्पसबिच आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

कार्यक्रममा त्रिवि पदाधिकारी,विश्वविद्यालय अनुदान आयोगका पदाधिकारी एवं विश्वबैंकका प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो । द्धिपक्षीय सम्झौता भए लगत्तै उच्चशिक्षा सुधार परियोजनाका संयोजक प्रा. शंकरप्रसाद भण्डारीले जनप्रशासन क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा.टेकनाथ ढकाललाई रु २ करोड रुपैयाको पहिलो किस्ताको चेक हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा त्रिविका उपुकलपति प्रा.डा.तीर्थराज खनियाले जनप्रशासन क्याम्पस स्वायत्ततामा गइरहदा त्रिविकै स्वायत्तताको पं्रसग उठाउर्दै उच्चशिक्षाको बारेमा नीतिगत अस्पष्टताका कारण अन्यौलता बढदै गइरहेको बताउनुभयो । सरकारले त्रिविसँग परामर्श नै नगरी धमाधम त्रिविका क्याम्पसहरु विश्वविद्यालयमा परिणत गर्दै गइरहेको छ भन्दै भौतिक रुपमा क्षिण बन्दै गइरहेका त्रिविका पुराना एवं महत्वपूर्ण क्याम्पसहरु जोगाउन तर्फ समेत सम्वन्धित निकायहरुले अग्रसरता देखाउनुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. पराशर कोइरालाले स्वायत्ततामा जानु भनेको क्याम्पसको निर्णयात्मक क्षमता विकास हुनुभएकोले गुणस्तर कायम गर्न सकिने बताउनुभयो । उच्चशिक्षामा व्यापक सुधारको आवश्यकता रहेको भन्दै उहाँले उच्चशिक्षाका सम्वन्धित निकायहरुबिचको असमझदारी क्रमशः हटेर जानुपर्छ भन्ने धारणा व्यक्त गर्नुभएको थियो ।
त्रिविका शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठीले स्वायत्ततामा गइसकेपछि प्राप्त सम्पूर्ण सुविधाहरुको उचित सदुपयोग गरी शैक्षिक गुणस्तर कायम गर्न जनप्रशासन क्याम्पसलाई आग्रह गर्नुभएको थियो ।
विश्ववैंकका प्रतिनिधी मोहन प्रसाद अर्यालले पछिल्लो समयमा उच्चशिक्षा सुधारका लागी विश्वबैंकवाट प्राप्त भएको सहयोग परिणाममा आधारीत अनुदान भएको उच्चशिक्षाका कमिकमजोरीहरु हटाइ गुणस्तर अभिवृद्धि तर्फ अग्रसर हुन विश्वविद्यालयलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोल्दै जनप्रशासन क्याम्पस प्रमुख प्रा.डा.टेकनाथ ढकालले स्वायत्ततामा गएलगत्तै क्याम्पसमा अवसर र चुनौती दुवै थपिएको भन्दै आगामी दिनमा अझै गुणस्तरीयता तर्फ अग्रसर हुने र त्रिविकै एउटा गरिमा भएर अघि वढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
त्रिविस्वायत्तता सम्वन्धि नियम २०६२ बमोजिम हालसम्म त्रिविका ५ बटा आंगिक क्याम्पसहरु स्वायत्ततामा गइसकेका छन । महेन्द्रबहुमुखी क्याम्पस इलाम,खाद्यप्रविधि क्याम्पस धरान, आर्युवेद क्याम्पस कीर्तिपुर, महेन्द्ररत्न क्याम्पस ताहाचल र हाल जनप्रशासन क्याम्पस बल्खु रहेका छन ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook