Sign Into Mailbox

त्रिवि एल्मुनाई एशोसिएसन, नेपालको सूचना !!!

त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको साझा संस्थाको रुपमा यस त्रिवि एल्मुनाई एशोसिएसन, नेपाल स्थापना भएको हुँदा सम्पूर्ण त्रिविका पूर्व विद्यार्थीहरुका लागि आजीवन सदस्यता खुल्ला भएकोले यस एशोसिएसनमा आबद्ध भई सहयोग गर्नुहुन हार्दिक अनुरोध छ । आजीवन सदस्यता लिन इच्छुक व्यक्तिले त्रिवि एल्मुनाई एशोसिएसन, नेपालको नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखामा रहेको खाता नं. ०४५११६०६५०१६३३०००००१ मा न्यूनतम् आजीवन सदस्यता शुल्क रु. ५००/– र स्वैच्छिक सहयोग रकम समेत जम्मा गरी एउटा फोटोसहित आवेदन फारम भर्न सक्नु हुनेछ । थप जानकारीको लागि त्रिवि एल्मुनाई एशोसिएसनको कार्यालय, कीर्तिपुर वा त्रिवि सूचना तथा जनसम्पर्क महाशाखामा सम्पर्क गर्न सक्नुहुनेछ । उक्त आवेदन फारममा पूरा विवरण भरेर स्क्यान गरी इमेलमार्फत पनि पठाउन सकिनेछ । सम्पर्कको लागि इमेल ठेगाना ः tualumni@tribhuvan-universitity.edu.np

Alumni Membership Form

Sign Up NewsLetter

Search the site

Follow us on Facebook