Sign Into Mailbox

त्रिवि अन्तराष्ट्रिय सम्वन्धद्धारा अन्र्तक्रिया सम्पन्न ।

फागुन ३ ।

त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय सम्वन्ध तथा कुटनीति स्नातकोत्तर कार्यक्रमले आफ्नो दोश्रो स्थापना बर्षको अवसरमा ‘संविधान निर्माण पछिको कुटनीतिक विकास’ शीर्षकको साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ ।

उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको प्रमुख आतिथ्यमा सम्पन्न साक्षात्कारमा कुटनीतिक क्षेत्रमा अनुभवी पूर्व परराष्ट्रमन्त्री एवं भारतका लागी नेपाली राजदुत भेष बहादुर थापा,कानुनविद् एवं कुटनीतज्ञ निलाम्वर आचार्य,सांसद डा.राजन भट्टराई लगायतले संविधान निर्माण लगत्तै उत्पन्न परिस्थिति एवं कुटनीतिक्षेत्रमा गरिएका अभ्यासका विविध आयामहरुका सन्र्दभमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

उपप्रधान एवं परराष्ट्रमन्त्री थापाले मुलुको राष्ट्रिय अखण्डता र स्वाधिनता जोगार्दै आर्थिक विकासका मार्गमा अघि वढन छिमेकीहरुसँग मित्रवत व्यवहार गर्दै अघि वढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । यसैगरी कानुविद् निलाम्वर आचार्यले मुलुकले परनिर्भरता हटाउदै आर्थिक समृद्धिका वलिया आधार स्तम्भहरु निर्माण गर्दै दुवै ठूला छिमेकीहरुको आर्थिक प्रगतिवाट लाभ उठाउन सक्नुपर्ने बताउनुभयो । नेकपा एमालेका सांसद एवं नेपाल भारत सम्वन्ध सुधार गर्न गठित प्रवुद्ध वर्गका सदस्य समेत रहनुभएका डा. राजन भट्टराईले नेपालको भू–रणनितिक अप्ठ्याराहरुका वावजुतपनि जनतामा मुलुकको स्वाधिनता र राष्ट्रियतामा देखिका एकताले आगामी दिनमा तय गर्ने अन्तराष्ट्रिय सम्वन्ध एवं कुटनीतिमा पुनरावलोकन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको ।

कार्यक्रममा त्रिवि अन्तराष्ट्रिय सम्वन्ध एवं कुटनीतिक कार्यक्रमका संयोग डा.खडग केसीले अन्तराष्ट्रिय सम्वन्ध एवं कुटनीतिको अध्ययन÷अध्यापनमा भएका पछिल्ला उपलब्धी र आगामी योजनाका वारेमा संक्षिप्त चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा कुटनीतिक क्षेत्रमा अनुभवी प्राज्ञ,कुटनीतिज्ञ एवं अन्तराष्ट्रिय सम्वन्ध एवं कुटनीतिका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook