Sign Into Mailbox

त्रिविद्धारा सांसद एवं पूर्वपदाधिकारीसँग अन्र्तक्रिया ।

काठमाडौं । २५
त्रिभुवन विश्वविद्यालयले ‘नेपालको उच्चशिक्षामा त्रिवि उत्कृष्टताको केन्द्र चुनौती र समाधानका उपायहरु’ शीर्षकको अन्र्तक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

त्रिवि परिसरमा रहेको त्रिभुवन स्मृति भवनमा आयोजित उक्त अन्र्तक्रिया कार्यक्रममा त्रिविका वर्तमान पदाधिकारी,पूर्व उपकुलपतिहरु,पूर्व शिक्षाध्यक्षहरु,पूर्व रजिष्ट्रारहरु एवं व्यवस्थापिका संसदका माननिय सांसदहरुको उपस्थिति रहेको थियो ।

मुलुककै पहिलो एवं उच्चशिक्षाको मुख्य धरोहर बनि मुलुकभर कार्यरत त्रिविलाई कसरी गुणस्तरीय शैक्षिक केन्द्र बनाउदै भविष्यमा मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ति निर्माण गर्ने भन्ने विषयमा उपस्थिति सम्पूर्ण विद्धतजनहरुले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै त्रिविका उपकुलपति प्रा.डा.तीर्थराज खनियाले पब्लिक विश्वविद्यालयको रुपमा कम शुल्कमा पठाउनुपर्ने वाध्यता एकतर्फ रहेको र अर्को तर्फ वढ्दो खर्च व्यवस्थापन गर्न र सेवा निवृत्त शिक्षक कर्मचारीलाई निवृत्तीभरण जुटाउन निकै कठिन परिरहेको अवस्थामा भविष्यमा कसरी विश्वविद्यालयले आफनो शैक्षिक कार्यक्रमहरु विस्तार गर्दै जाने भन्ने अन्यौलता रहेको बताउनुभयो । एकातर्फ राष्ट्रिय दायित्व अर्कोतर्फ संस्थागत अन्योलताका साथै त्रिविकै क्याम्पसहरु टुक्राएर नयाँ विश्वविद्यालय खोल्ने सरकारी निर्णय विश्वविद्यालय नितिगत सिकार भएको धारणा व्यक्त गर्नुभएको थियो ।

त्रिविका प्रशासनिक कठिनाईहरुका वावजुतपनि आफुहरु व्यवस्थित सुधारको पक्षमा लागिरहेको भन्दै आगामी दिनमा त्रिविको शैक्षिक एवं प्रशासनिक निर्णयमा सवै प्राज्ञिकवर्गहरुको सुझाव समेटने कोशिस गर्ने विश्वास व्यक्तगर्दै त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले सवैको उपस्थितिले आफूहरु त्रिविलाई अप्ठ्यारो परिस्थितिका वावजुतपनि शैक्षिक उत्कृष्टताको केन्द्र बनाउन लागिपर्ने प्रोत्साहित गरेको बताउनुभयो ।

कार्यक्रममा त्रिवि सेवा आयोगका अध्यक्ष प्रा.डा.ईश्वरचन्द्र दक्तले हाल त्रिवि सुधारको चरणमा रहेको भन्दै सेवा आयोगले पनि आफुलाई प्रक्रियागत सुधारतर्फ उन्मुख गराएको बताउनुभयो । त्रिविलाई उत्कृष्ट शैक्षिक केन्द्रको रुपमा विकास र विस्तार गर्न धेरै पूर्वाधार तय भइसकेको बन्दै सवै पक्षको सहयोगले भविष्यमा त्रिवि मुलुककै उत्कृष्ट शैक्षिक गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा त्रिवि योजना परिषद्का प्रमुख प्रा.डा.रिदिशकुमार पोखरेललले त्रिविको सग्रम अवस्था एवं भावी योजनाहरु समेटिएको एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा पूर्वउपकुपतिद्धय प्रा.महेशकुमार उपाध्याय एवं प्रा.कमलकृष्ण जोशीले उच्चशिक्षामा सरकार संवेदनशिल बन्दै त्रिविको गरिमा जोगाइरहनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । यसैगरी कार्यक्रममा पूर्व शिक्षाध्यक्ष प्रा.डा महेन्द्र सिंह,प्रा.गुणनीधि न्यौपाने,पूर्व रजिष्ट्रार प्रा.डा चन्द्रमणी पौडेलले त्रिविलाई शैक्षिक उत्कृष्टताको केन्द्रको रुपमा विकसित गर्दै यस शैक्षिक एवं भौतिक पूर्वाधार विस्तार गर्दै लैजानुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वोल्दै पूर्वशिक्षामन्त्री एवं एमालेतर्फवाट सांसद गंगालाल तुलाधर,पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे सांसदहरु शशि कोइराला,धन्यराम पौडेल,श्रीमाया थकाली,प्रा.गणेशमान गुरुङ्ग लगायतले विश्वविद्यालयको शैक्षिक गुणस्तर कायम गरी हाल वहुविश्वविद्यालयमा मुलुकक गइरहेको अवस्थामा नितिगत तह देखिएका जटिलता समाधानका लागी आफूहरु प्रयत्नशिल रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो । कार्यक्रममा त्रिविलाई उत्कृष्टताको केन्द्र बनाई मुलुकलाई आवश्यक गुणस्तरीय शैक्षिक जनशक्ति विकास गर्नुपर्ने धारणा राख्र्दै बतर्मान शैक्षिक एवं प्रशासनिक अस्तव्यस्तता निकारण गदै लैजान विश्वविद्यालय अनुदान आयोगका प्राविधिक सल्लाहकार,प्रा.डा हृदयरत्न बज्राचार्य,बनविज्ञान अध्ययन संस्थानका डीन प्रा.डा.चिरञ्जिवी उपाध्याय लगायतले सुझाव दिनुभएको थियो । कार्यक्रममा विज्ञानतथा प्रविधि अध्ययन संस्थानका डिन प्रा चिरिकशोभा ताम्राकार,रिकास्टका कार्यकारी निर्देशक रामप्रसाद चौधारी,सेरिडका कार्यकारी निर्देशक प्रा.डा कृष्णचन्द्र शर्मा लगायतले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook