Sign Into Mailbox

त्रिविद्धारा निति तथा कार्यक्रमको प्रसार र कार्यान्वयन कार्यशाला गोष्ठी सम्पन्न ।

काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय उच्चशिक्षा सुधार परियोजनाको आर्थिक सहयोगमा समन्वय महाशाखाले त्रि.विको निति तथा कार्यक्रमको प्रसार र कार्यान्वयन सम्वन्धि दुई दिने कार्यशाला गोष्ठी मिति २०७४ जेठ १५ र १६ गते नगरकोटमा सम्पन्न गरेको छ ।

त्रिभुवन विश्वविद्यालयमा भइरहेको पछिल्ला गतिविधिका वारेमा उपत्यकाका क्याम्पसप्रमुखहरुलाई जानकारी गराउने र विभिन्न अन्य प्रशासनिक एवं व्यवस्थापकिय कार्यमा क्याम्पसप्रमुखहरु सँग छलफल गरि अघि वढ्ने योजना अनुसार नै कार्यशाला गोष्ठी आयोजना गरिएको हो । कार्यक्रममा त्रिविका निति तथा नियममा देखिएका विविध कठिनाई, विश्वविद्यालयको गुणस्तर अभिवृद्धिका लागी चाल्नुपर्ने रणनीतिक योजना, शैक्षिक उत्कृष्टताको लागि त्रि.वि ले लिएको नीति तथा गरिएका प्रयासहरु, त्रिविका निरिक्षण प्रक्रिया, बेरुजुको समस्या र समधानका उपायहरु, स्वायत्तता सम्वन्धि विविधि पक्षहरु,आंगिक क्याम्पसका चुनौति र समाधान, सार्वजनिक खरिद ऐन र यसको कार्यान्वयन पक्ष, त्रिवि अन्तर्गतका निकायहरुको अनुगमनको औचित्य र प्रभावकारिता, गुणस्तर प्रमाणिकरण तथा प्रत्यायोजनाका वारेमा दुईदिन सम्म अत्यन्त गहन छलफल भएको थियो ।

कार्यक्रममा त्रिविलाई मुलुककै अग्रणी शैक्षिक संस्थाको रुपमा भविष्यमा पनि अघि वढाइरहन प्राविधिक विषयलाई प्राथमिकता दिने,क्षमतावान शिक्षकहरु त्रिविमा प्रवेश गर्ने वातावरण मिलाउने, शिक्षक तथा कर्मचारीलाई नियमित तालिम दिने, आर्थिक अनुशासन कायम गर्दै लैजाने, आधुनिक प्रविधिको प्रयोगलाई जोड दिने र अनुसन्धानमा देखिएको सुस्ततालाई हटाउदै अघि वढ्ने कुरामा त्रिवि अन्तर्गतका सवैपक्षहरु विच समन्वय गरिने भएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दैैैै त्रिविका उपकुलपति प्रा.डा.तीर्थराज खानियाले गुणस्तरीय उच्चशिक्षा मार्फत त्रिविको गरिमा उच्च राख्न आफ्नो टिम लागिपरहेको बताउनुभयो । त्रिविमा देखिएको शैक्षिक एवं प्रशासकिन समस्याहरु नितिगत तहवाटै समाधानका लागि कैयौ सुधारात्मक कामहरु भइरहेको समेत क्याम्पसप्रमुखहरुलाई अवगत गराउनुभयो । शैक्षिक गुणस्तर कायम गर्न क्याम्पसहरुलाई स्वायत्ततामा जान अनुरोध गरिएको भन्दै उहाँले स्वायत्तता विना गुणस्तरियता कायम गर्न अप्ठ्यारो हुने समेत बताउनुभएको थियो ।

त्रिविका शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले क्याम्पस प्रमुखहरुनै शैक्षिक गुणस्तर कायम गर्ने प्रमुख वहाक भएको बताउनुभयो । पदाधिकारीले तय गरेको सम्पूर्ण एजेण्डा कार्यान्वयन गर्न क्याम्पस प्रमुख हरुको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले सकरात्मक दृष्टिकोणका साथ काम गर्न क्याम्पस प्रमुखहरुलाई उत्प्रेरित गर्नुभयो । त्रिविले यसैवर्ष देखि उपत्यकाका सम्पूर्ण क्याम्पसहरुमा सेमेष्टर सिस्टम लागु गरिसकेकोले क्याम्पसहरुले केहि चुनौति सामना गर्न तयार हुनुपर्ने बताउनुभयो । ‘पुरानै ढाचाले उच्चशिक्षा चल्दैन केहि सुधारका लागी केहि जोखिम र नयाँ पद्धति अवलम्वन गर्न सम्पूर्ण प्राध्यापक तयार हुनैपर्छ’ भन्दै उहाँले सेमेष्टर सिस्टम लागु गर्न सहयोग गर्नुहुने सम्पूर्ण क्याम्पस प्रमुखहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा त्रिवि सेवा आयोगका सदस्य प्रा.डा. केदारनाथ घिमिरेले संगठनात्मक विकासका लागि त्रिविमा दक्ष शिक्षक एवं कर्मचारी नियुक्ति गर्न कुनैपनि सांगठनिक दवावलाई निस्तेज गर्नुपर्ने बताउनुभयो ।
त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आर्थिक कठिनाईका वाबजुत पनि त्रिविको शैक्षिक गुणस्तरका लागी आफूहरु प्रयत्नशिल रहेको भन्दै प्राज्ञिक अनुशासनलाई कायम गर्न क्याम्पसहरुलाई निर्देशन दिनुभयो । नितिगत अन्योलताहरुलाई हटाई त्रिविका सम्पूर्ण क्याम्पसहरुलाई आन्तरिक प्रर्तिस्पधाको माध्यामवाट सृदृढ र सवल बनाइने उहाँको विश्वास रहेको थियो । विश्ववैकंका प्रतिनिधी मोहन अर्यालले त्रिविको उच्चराजनीतिक हस्तक्षेपको शिकार वनिरहेको भन्दै दक्ष एवं क्षमतावान व्यक्तिलाई त्रिविका पदाधिकारी देखि क्याम्पसप्रमुख हरुको नियुक्ति समेतमा अवसर दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । त्रिविले आफूलाई स्वावलम्वी बनाउन प्रयत्न नगरे भविष्यमा ठूलो आर्थिक संकट पर्ने सक्ने भन्दै उहाँले सम्पूर्ण क्याम्पसहरुलाई स्वायत्ततामा गई क्यामपसको शैक्षिक एवं भौतिक विकासमा लाग्न अनुरोध गर्नुभएको थियो । कार्यक्रममा गुणस्तर प्रमामिकरण एवं प्रत्यायोजनाका वारेमा क्याम्पस प्रमुखहरुलाई जानकारी गराउदै विश्वविद्यालय अनुदान आयोगका प्राविधिक परामर्शदाता प्रा.डा.हृदयरत्न वज्राचार्यले त्रिविका सम्पूर्ण क्याम्पसहरुलाई गुणस्तर प्रमाणिकरण गर्न सुझाव दिनुभएको थियो ।

त्रिवि योजना महाशाखाका प्रमुख प्रा.डा. ऋदिश कुमार पोखरेलले त्रिविको निति,कार्यनिति र पछिल्लो समयमा त्रिविले ल्याएको सुधारका विभिन्न प्रयासहरुका  वारेमा कार्यपत्र सहितको प्रस्तुती पेश गर्नुभएको थियो। । उहाँले त्रिविले भूकम्पपछिको भौतिक निर्माण तथा व्यवस्थापनलाई महत्वपूर्ण प्राथमिकता दिइरहेको साथै क्रेडिट ट्रान्सफरको पोलिसी समेत ल्याइसकेको उपस्थित सम्पूर्ण क्याम्पसप्रमुखहरुलाई अवगत गराउनुभयो ।

त्रिवि उच्चशिक्षा सुधार परियोजनाका संयोजक प्रा.डा.शंकर प्रसाद भण्डारीले क्याम्पसहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न, आफनो पाठ्यक्रम आफै तयार गर्न र नयाँ विषय थप गरि क्याम्पसलाई गतिशिलि स्वायत्तताको निति अवलम्वन गरिएको भन्दै स्वायत्ततामा गई क्याम्पसलाई सक्षम बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा तिनवाटा छुट्टाछुट्टै विषयमा तिन बटा समुह बनाएर छलफल गरिएको थियो । पहिलो समुहले ‘त्रिविको शैक्षिक गुणस्तर सुधारमा स्वायत्तता’ सम्वन्धि विषयमा छलफल गरि सुझाव प्रस्तुत गरेको थियो भने दोश्रो समुहले ‘ त्रिवि सार्वजनिक खरिद ऐन र त्यसको प्रयोग’को वारेमा छलफल गरेको थियो । तेश्रो समुहले ‘त्रिवि निरिक्षण प्रक्रियाको समस्या र पहिचान’ शिर्षकमा छलफल गरि सुझाव पेश गरेको थियो ।

कार्यक्रममा नेपाल प्राध्यापक संघ सभापति रामेश्वर उपाध्याय र त्रिवि प्राध्यापक संघका सभापति योगेन्द्रनारायण बडवडियाले त्रिविको शैक्षिक उन्नयनका लागी प्राध्यापकहरुलाई उपयुक्त तालिम एवं प्रोत्साहन भइरहनुपर्ने धारणा व्यक्त गर्नुर्भको थियो ।

कार्यक्रममा त्रिवि समन्वय महाशाखका प्रमुख दामिनी बैद्यले उपस्थिति सवै पदाधिकारी,डीन, कार्यकारी निर्देशक, क्याम्पसप्रमुख लगायत उपस्थित सवैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा उपत्यकाका २२ वटा क्याम्पसका क्याम्पस प्रमुुखहरु सहित, सम्पूर्ण अध्ययन संस्थानका डीन, अनुसन्धान केन्द्रका निर्देशक एवं महाशाखाप्रमुख हरु समेतको उपस्थिति रहेको थियो ।

 

Sign Up NewsLetter

Search the site

Follow us on Facebook