Sign Into Mailbox

त्रिविद्धारा आधुनिक परिक्षा भवन उद्घाटन ।

 

TU,Dean exam office inaguration

 

काठमाडौं । जेठ २२
त्रिभुवन विश्वविद्यालयले विज्ञान,शिक्षा र मानविकी डीनको कार्यालयवाट हुने परीक्षा प्रणालीलाई व्यवस्थित पार्नको लागी एक आधुनिक परीक्षा भवन निर्माण सम्पन्न गरेको छ ।

त्रिविले उपत्यकाभर सेमेष्टर सिस्टम संचालनमा ल्याएपछि सेमेष्टर सिस्टमलाई थप व्यवस्थित र सृदृढ पार्नको लागी यस आधुनिक परीक्षाभवन निर्माण गरेको हो । परिक्षाभवन निर्माण सँगै अब सेमेष्टर प्रणाली थप सृदृढ बन्ने भएको छ ।

भवनको उद्घाटन गर्दै त्रिविका उपकुलपति प्रा.डा.तीर्थराज खनियाले पछिल्लो समयमा त्रिविले गरेको महत्वपूर्ण उपलब्धीको वारेमा विस्तृत जानकारी गराउनुभएको थियो । त्रिविले शैक्षिक गुणस्तर अभिवृद्धि एवं प्राज्ञिक सुधारकालाई नीतिगत सुधार गरिरहेको भन्दै उहाँले सवै क्याम्पसहरुलाई स्वायत्ततातर्फ अग्रसर गराउन लागिपरेको छ । त्रिविले पछिल्लो समय थप नया विषयहरु थपिरहेको बताउनुभयो । भुकम्प पछिको पूनःनिर्माणले गति लिदै गइरहेको,कीर्तिपुर परिसरमा सम्पूर्ण काम मास्टर प्लान अन्तर्गत भइरहेको, सम्पतिको खोज व्यवस्थापन कार्य भइरहेको छ,त्रिवि सेवा आयोगवाट हुने विज्ञापनलाई व्यवस्थित एवं समसामयिक वनाइएको,अनियमित रुपमा विदेशजाने प्राध्यापकहरुलाई एउटा नियममा ल्याएर व्यवस्थित पारिएको,कीर्तिपुर परिसरलाई उत्कृष्टताको केन्द्रको रुपमा विकसित गर्दै लगिएको, क्रेडिट ट्रान्सफरलाई कानुनी रुपमा अवलम्वन गरिएको,

सम्वन्धन प्रक्रियालाई नितिगत रुपमै व्यवस्थित गर्ने प्रक्रियाको थालनि गरिएको, फास्ट ट्याक वाट सह–प्राध्यक÷प्राध्यापक लिने व्यवस्था गर्न लागिएको,त्रिवि अन्तर्गतका निकायहरुमा रहेको दरवन्दीलाई व्यवस्थित गरिएको,केन्द्रीय विभागहरुको स्तरोन्नती गरिएको, आशिक रुपमै भएपनि स्ववियु निर्वाचन सम्पन्न गरिएको र विभिन्न महत्वपूर्ण विश्वविद्यालय एवं शैक्षिक प्रतिष्ठानहरुसँग सहकार्य गरिरहेको समेत बताउनुभएको थियो ।

कार्यक्रममा त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले भुकम्पछिको पुनःनिर्माणमा त्रिवि लागिपरिरहेको बताउनुभयो ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook