Sign Into Mailbox

त्रिविद्धारा अलुम्नाई (Alumni) गठन ।

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले विश्वभर छरिएका आफ्ना विद्याथी एवं फ्याकल्टीहरुलाई एकजुट गर्दै विश्वविद्यालयको सञ्जाललाई वढि प्रभावकारी एवं गतिशिल बनाउन त्रिभुवन विश्वविद्यालय अलुम्नाई समिति गठन गरेको छ ।

१४ सदस्यीय तदर्थ समितिको संयोजक विज्ञान तथा प्रविधि अध्ययन संस्थानका पूर्व डिन प्रा.डा.कृष्ण मानन्धर हुनुहुन्छ भने अन्य सदस्यहरुमा इन्जिनियरिङ्ग अध्ययन संस्थानको तर्फवाट प्रा.डा.सुदर्शनराज तिवार,शिक्षाशास्त्र संकायको तर्फवाट प्रा.डा.विद्यानाथ कोइराला,मानविकी तथा सामाजिक शास्त्र संकायको तर्फवाट प्रा.डा.तीर्थप्रसाद मिश्र, व्यवस्थापन संकायको तर्फवाट प्रा.डा.सुनिति श्रेष्ठ,कानुन संकायबाट प्रा.गुणनीधि न्यौपाने,चिकित्साशास्त्र अध्ययन संस्थानको तर्फवाट प्रा.डा.रामेश्वरप्रसाद पोखरेल,कृषि तथा पशुविज्ञान अध्ययन संस्थानको तर्फवाट डा.कृष्ण काफ्ले,बनविज्ञान अध्ययन संस्थानबाट प्रा.डा.सन्तोष रायमाझी, नेपाल सरकारवाट निवृत्त सह–सचिव अर्जुनकान्त मैनाली,पत्रकारको तर्फबाट नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द विष्ट र त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख गंगाबहादुर थापा सदस्यहुनुहुन्छ भने योजना परिषद्को कार्यलयका प्रमुख प्रा.डा ऋदिशकुमार पोखरेल सदस्य सचिव रहनुभएको छ ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook