Sign Into Mailbox

त्रिविद्धारा अधिकृत स्तरका कर्मचारीलाई तालिम

काठमाडौ । जेठ ३०,
त्रिभुवन विश्वविद्यालय जनशक्ति विकास तथा कल्याण परिषद्ले त्रिवि सेवामा प्रवेश गरेका अधिकृत स्तरका कर्मचारीहरुका लागी दुई हप्ते सेवा प्रवेश तालिम सञ्चालन गरेको छ । तालिममा सहायक प्रशासक,लेखा अधिकृत,भण्डार अधिकृत एवं पुस्तकालय अधिकृत गरि ४० जना नवप्रवेशी अधिकृतहरु सहभागि छन् । तालिम २०७३ जेठ ३० गतेदेखि असार १० गते सम्म सञ्चालन हुनेछ ।

त्रिवि,आर्थिक विकास तथा प्रशासनिक अनुसन्धान केन्द्र (सेडा)मा आयोजित दुईहप्ते तालिम कार्यक्रमको उद्घाटन त्रिविका शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठीले गर्नुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै शिक्षाध्यक्ष प्रा.डा.त्रिपाठीले विश्वविद्यालयको प्रशासनिक व्यवस्थापन एवं गुणस्तरीयताका लागी नवप्रवेशी अधिकृतस्तरका कर्मचारीलाई दिने तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गर्नुभयो । ‘कर्मचारी प्रशासन स्थायी प्रशासन हो र यसले विश्वविद्यालयलाई समयसापेक्ष अघिवढाउनुका साथै विद्यार्थी एवं प्राध्यापकहरु बिच उपयुक्त वातावरण निर्माण गर्ने सेतुको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ’ भन्र्दै उहाँले त्रिवि क्रमशः सुधारात्मक दिशमा अग्रसर भइरहेकोले सवै पक्षको रचनात्मक सहयोग एवं समन्वयको आवश्यकता रहेको बताउनुभयो ।

नवनियुक्त अधिकृतस्तरका कर्मचारीहरुलाई शुभकामना दिदै त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्रशासनिक कर्मचारीनै पदाधिकारीका वास्तविक सल्लाहाकार भएको बताउनुभयो । पछिल्लो समयमा त्रिविमा देखिएका आर्थिक एवं प्रशासनिक जटिलता सुल्झाउन पर्ने भएकाले तालिमलाई महत्वपूर्ण अवसरका रुपमा परिणत गर्न समेत तालिममा उपस्थित अधिकृतहरुलाई सुझाव दिनुभयो ।

कार्यक्रममा आर्थिक विकास तथा प्रशासनिक अनुसन्धान केन्द्र (सेडा)का कार्यकारी निर्देशक प्रा.डा.रामचन्द्र ढकालले अनुसन्धान केन्द्रमा पर्याप्त दक्षजनशक्तिको अभाव भइरहेको भन्दै उहाँले अनुसन्धानमा रुचि भएका प्राध्यापकहरुलाई अनुसन्धान केन्द्रमा क्रियाशिल गराउन अनुरोध गर्नुभयो । साथै उहाँले तालिमको जिम्मेवारी दिएर सेडालाई पुनः क्रियाशिल एवं शसक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने त्रिवि पदाधिकारीहरुको समेत प्रंसशा गर्नुभयो ।

प्रशासनिका सेवामा प्रवेश गर्दैगर्नुभएका अधिकृत स्तरका कर्मचारीहरुलाई दिइने तालिमको औचित्य, तालिमले समग्र सेवामा खेल्ने भूमिका एवं सेडाका वारेमा संक्षिप्त जानकारी गराउनुहुदै तालिम संयोजक सह–प्रा.राधेश्याम आचार्यले कर्मचारीमात्रै नभई त्रिविसेवामा प्रवेश गर्ने उप–प्राध्यापकहरु समेतका तालिमको व्यवस्था गर्न त्रिवि उपादधिकारीहरुलाई आग्रह गर्नुभएको थियो ।

त्रिविका प्रशासनिक एवं शैक्षिक क्षेत्रमा क्रियाशिल विज्ञहरुले तालिममा सहभागित अधिकृतहरुलाई तालिम दिनुहुनेछ ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook