Sign Into Mailbox

त्रिविका विद्यार्थी स्नातकोत्तर अध्ययनका लागी चीन प्रस्थान

काठमाडौ । भदौ १२
त्रिभुवन विश्वविद्यालय र चाइनिज एकेडेमी अफ साइन्स (क्यास) बिच भएको द्धिपक्षिय सम्झौता अनुरुप स्थापना भएको काठमाडौं सेन्टर फर रिर्चस एण्ड एजुकेशन (केसिआरई) Kathmandu Center for Research and Education अनुसन्धान संस्थाको विशेष पहलमा त्रिवि लगायतका अन्य विश्वविद्यालय समेतका गरी १९ जना नेपाली विद्यार्थी चीनको प्रतिष्ठित चाइनिज एकेडेमी अफ साइन्स(क्यास) का विभिन्न कलेजहरुमा छात्रवृत्तिमा स्नातकोत्तर अध्ययनका लागी प्रस्थान गरेका छन् ।
सोमवार चीनमा अध्ययनगर्न जान लागेका विद्यार्थीहरुलाई औपचारिक विदाई कार्यक्रममा केसिआरईका सह–निर्देशक डा.विनोद दवाडीले सम्पूर्ण विद्यार्थीहरुलाई चिनमा अध्ययनरत रहदा अनुसरण गर्नुपर्ने व्यवहारिक एवं प्राज्ञिक सुझाव दिनुभयो । उहाँले विद्यार्थीहरुलाई चिनिया अध्ययन÷अध्यापन प्रक्रियाको साथै भाषिक जटिलताको निकारण गर्ने तरिकासमेत विद्यार्थीहरु समक्ष जानकारी गराउनुभएको थियो ।

चाइनिज एकेडेमी अफ साइन्सको छात्रवृत्तिमा जान लागेका विद्यार्थीहरु ३ बर्ष सम्म स्नातकोत्तर गर्ने र उत्कृष्ट विद्यार्थीले विद्यावरिधि समेत गर्न पाउने अबसर प्राप्त गर्ने छन् । त्रिभुवन विश्वविद्यालयले क्याससँग निकै महत्वपूर्ण शैक्षिक आदानप्रदानको कार्यक्रम गरिरहेको छ ।

विदाई कार्यक्रममा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा.राम प्रसाद खतिवडाले चीन प्रस्थान गर्न लागेका विद्यार्थीहरुलाई शुभ–कामना व्यक्त गर्नुभएको थियो ।

 

Sign Up NewsLetter

Search the site

Follow us on Facebook