Sign Into Mailbox

त्रिभुवन विश्वविद्यालयद्धारा जारी विज्ञप्ती

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंजमा हाल उत्पन्न परिवेश प्रति त्रि.वि.को ध्यानआकर्षण भएको छ । त्रि.वि.अन्तर्गत विभिन्न डीनहरुको नियुक्ति गर्ने प्रक्रिया त्रि.वि.संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को नियम १७५(२) ले प्रष्ट व्यवस्था गरेको छ । सोही नियम अनुसार नियुक्त हुनु भएका चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंजका तत्कालीन डीन प्रा.डा.प्रकाश सायमीले मिति २०७०÷८÷१८ मा आफ्नो स्वास्थ्यको कारण देखाई राजीनामा दिनु भएकोले त्रि.वि.कार्यकारी परिषद्को मिति २०७०÷९÷२४ मा बसेको बैठकले सो राजीनामा स्वीकृत गरी त्रि.वि.ऐन, २०४९ एवं त्रि.वि.संगठन तथा शैक्ष्ँिक प्रशासन सम्बन्धी नियम, २०५० बमोजिमको प्रक्रिया पूरा गरी सोही अध्ययन संस्थानमा २०४२ साल देखि सेवारत प्रँ.डा.शशी शर्मालाई नियुक्त गरेको हो । त्रि.वि.कार्यकारी परिषद्को उक्त निर्णयलाई लिएर त्रि.वि.पदाधिकारीहरुको नाम जोडी प्रचार–प्रसार गरिएका अवान्छित लान्छानायुक्त समाचारहरुमा कुनै सत्यता नभएको व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराइन्छ ।जहा“सम्म नया“ मेडिकल कलेजहरुलाई सम्बन्धन दिने विषय छ, त्रि.वि.नियम अनुसार सम्बन्धित विद्यापरिषदको सिफारिशको आधारमा मात्र अगाडी बढाइने व्यवस्था छ । सो नियम उलङ्घन गरेर अगाडी बढ्ने अवस्था रहन्न । यसैले त्रि.वि.को पूर्व प्रकाशित सूचना अनुसार भ्हउचभककष्यल या क्ष्लतभचभकत को लागि आवेदन गरेका मेडिकल कलेजहरुको सम्बन्धनको प्रक्रिया हाललाई स्थगित गरी सबै सरोकारवाला पक्ष्ँहरुसंग व्यापक छलफल गरेर मात्र अगाडी बढाइने छ । यस कुरामा विश्वस्त हुन सम्बन्धित सबैलाई यस विज्ञप्ती मार्फत अनुरोध गरिन्छ । अस्पताल जस्तो मानव स्वास्थ्यसंग सरोकार राख्ने पवित्र संस्थामा कार्यरत सबैलाई पूर्ववत जनसेवामा सेवारत रहन अपिल गर्दछौं ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook