Sign Into Mailbox

त्रिभुवन विश्वविद्यालयले सप्ताहव्यापी वार्षिकदिवस मनाउदै ।

काठमाडौं । असार २३
त्रिभुवन विश्वविद्यालयले आफ्नो ५७ औं वार्षिक दिवसको उपलब्धमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरी वार्षिक दिवसलाई भव्यताका साथ सम्पन्न गरिरहेको छ ।

सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन विहिवार कीर्तिपुर स्थित स्मृति सभा हलमा ‘मुलुकको उच्च शिक्षा नीति, बहुविश्वविद्यालयको प्रयोग र त्रिविको भावी कार्यदिशा’ शीर्षकको छलफल कार्यक्रम सम्पन्न भएको छ ।
नेपालका सवै विश्वविद्यालयको वर्तमान एवं पूर्व उपकुलपतिहरुको उपस्थितिमा सम्पन्न भएको उक्त छलफलमा उच्चशिक्षा नितिको अभावमा नेपालका उच्चशिक्षा दिशाविहिन बन्दै गइरहेको धारणा व्यक्त गर्नुभएको थियो ।
छलफल कार्यक्रमलाई सम्वोधन गर्दै त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाले उच्चशिक्षामा सवैभन्दा वढि जिम्मेवारी बहन गरिरहेको त्रिविप्रति सरकार गम्भिर बन्न नसकेको बताउनुभयो । राजनीतिक नेतृत्वमा उच्चशिक्षा प्रतिको जिम्मेवारी घट्दै गइरहेको भन्दै उहाँले नेतृत्वसँगको छलफल उच्चशिक्षाका पक्षमा भएपनि निर्णय उच्चशिक्षाको खिलाफ हुन थालेको अनुभव व्यक्त गर्नुभएको थियो । उच्चशिक्षा नीतिको अभावमा सरकारले उच्चशिक्षामा मनोमानी निर्णय गर्न थालेको साथै जिम्मेवारीवाट पन्छन खोजेले सवै उच्चशिक्षाका महत्वपूर्ण निकायहरु सचेत भई सरकारसँग निरन्तर वहस एवं पैरवी गर्नुपर्ने बताउनुभयो । साथै उहाँले बर्षेनी उच्चशिक्षामा बजेट घट्दै जानु चिन्ताको विषय भएको बताउनुभयो थियो । आफूहरु त्रिविको समग्र शैक्षिक एवं प्रशासनिक गुणस्तरीयताका लागी नीतिगत अस्पष्टता समेतलाई पुनरावलोकन गदै उत्कृष्ट शैक्षिक केन्द्रको रुपमा विकसित गर्ने पक्षमा लागिपरेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयलाई गुणस्तरीय अध्ययनको केन्द बनाउनु आफूहरु प्रयत्नशिल रहेको भन्दै त्रिविका शिक्षाध्यक्ष एवं कार्यक्रमका सभापति प्रा.डा.सुधा त्रिपाठीले उच्चशिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहनुभएका व्यक्तित्वहरुवाट प्राप्त सुझावलाई इमान्दारिताका साथ ग्रहण गरेको र आगामी दिनमा कार्यान्वयन गर्दै त्रिविलाई गुणस्तरीय शैक्षिक गन्तव्य बनाउनुे बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले सार्वजनिक निकायहरुको सेवा कम गुणस्तरयुक्त हुनु नुहने भन्दै शिक्षाक्षेत्रमा वढदै गइरहेको राजनीतिक हस्तक्षेप एवं घटदै गइरहेको बजेटले मुलुकको हित नगर्ने बताउनुभयो । उहाले सरकारले तुरुन्त प्रधानमन्त्रीको अध्यक्षतामा उच्चशिक्षा हेर्ने उच्चशिक्षा आयोग बन्नुपर्ने धारणा समेत व्यक्त गर्नुभएको थियोे । विश्वविद्यालयले सवै विधामा उच्चशिक्षा दिनुपर्ने भएतापनि प्राविधिक विषयलाई वढि प्राथमिकता दिनुपर्ने भन्दै त्रिविलाई प्राविधिक शिक्षामा वढि फोकस हुन आग्रह गनुृभएको थियो ।

कार्यक्रममा आफनो विचार व्यक्त गर्नुहुदै त्रिविका पूर्व उपकुलपति प्रा.डा.हीराबहादुर महर्जनले त्रिवि कीर्तपुरलाई उत्कृष्टताको केन्द्रविन्दु बनाई शैक्षिक गुणस्तरीयताको प्रत्याभूति दिलाउन अब ढिला गर्नु नुहने बताउनुभयो । त्रिवि एक विशाल एवं देशभरी फैलिएको सस्था भएकाले एकैपटकमा सवै अध्ययन संस्थान एवं संकायवाट उत्कृष्ट नतिजा हासिल गर्न कठिन हुने भन्दै उहाँले क्रमिक सुधारको पथमा अघि वढनुपर्ने सुझाव दिनुभयो ।

त्रिविका पूर्वउपकुलपति प्रा.कमलकृष्ण जोशीले धेरै क्याम्पसहरुलाई सम्वन्धन दिदा त्रिवि अप्ठ्ेरोमा पर्न सक्ने भएकाले अब सम्वन्धनका सन्र्दभमा पूनःविचार गर्नुपर्ने बताउनुभयो । नेपालको उच्चशिक्षामा अग्रणी भूमिका निर्वाह गरिरहेको भन्दै उहाले अब त्रिविले केन्दीय विश्वविद्यालयको रुपमा आप्mनो परिवर्तित भूमिका समेत जिम्मेवारीका साथ निर्वाह गर्नुपर्ने बताउनुभयो ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा.रामकण्ठ माकाजुले काठमाडौं विश्वविद्यालयले पछिल्लो समयमा धेरै सुधारात्मक परिवर्तन हासिल गरेको भन्दै उहाले उच्चशिक्षामा कुनैपनि प्रकारको अवरोध एवं कठिनाई सिर्जना हुनु नुहने बताउनुभयो । उहाँले दृढसंकल्प,कठोर अनुशासन एवं प्रतिवद्ध भई त्रिविको शैक्षिक गरिमालाई उकास्दै आगामी दिनमा अझै सफलतातर्फ अघि वढन शुभकामना दिनुभएको थियो ।
नर्वेको ओस्लो विश्वविद्यालयमा कार्यरत नेपाली प्रा.सुरज थापाले त्रिविलाई अनुसन्धानमा जोड दिई अन्तराष्ट्रिय विश्वविद्यालयहरुले अवलम्वन गरेको शैक्षिक नीतिक एवं प्रणालीलाई समेत अध्ययन गरी अघि वढ्न सुझाव दिनुभयो । त्रिविले सिमिति स्रोत र साधनको बावजुतपनि उच्चशिक्षामा पु¥याएको योगदान समेतको पं्रशसा गर्नुभएको थियो ।

यसैगरी कार्यक्रम वोल्नुहुदै लुम्विनी विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.तुलसीराम बैद्यले त्रिवलाई समयसापेक्ष रुपमा अघि वढन् आफना प्राध्यापकहरुलाई अन्तराष्ट्रिय गोष्ठी एवं कार्यक्रममा पेपर प्रस्तोताका रुपमा समेत क्रियाशिल गराउन आग्रह गर्नुभयो ।

५७ औं बार्षिक दिवसका उपलक्ष्यमा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयले आगामी दिनमा चाल्ने कदम र आफना कार्यक्रमका वारेमा योजना महाशाखाका प्रमुख प्रा.डा ऋदिश कुमार पोखरेलले संक्षिप्त कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा त्रिवि प्राध्यापक संघका सभापति योगेन्द्रनारायण वडवडिया,कानुन संकायका डिन प्रा.डा.ताराप्रसाद सापकोटा एवं वनविज्ञान अध्ययन संस्थानका डिन चिरञ्जिवी उपाध्यायले सुझाव सहितको शुमकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्रिविले आफनो ५७ औं बार्षिक दिवसका अवसर पारेर सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ । पहिलो दिन नेपालका सवै विश्वविद्यालयका वर्तमान र पूर्व उपकुलपतीहरुको सहभागितामा ‘मुलुकको उच्च शिक्षा नीति,बहुविश्वविद्यालयको प्रयोग र त्रि.वि.को भावी कार्यदिशा’ शीर्षकको एकदिने छलफल गोष्ठ सम्पन्न भएको छ । यसैगरी दोश्रो दिन मिति २०७३।३।२४ गते त्रिविका सम्पूर्ण पदाधिकारीहरुको उपस्थितिमा विश्वविद्यालय क्याम्पस कीर्तिपुरले त्रि.वि. कीर्तिपुर परिसरमा सरसफाई गर्नुका साथै वृक्षारोपण समेत सम्पन्न गरेको छ । यसैगरी सुरक्षासम्वन्धी जनचेतना अभिवृद्धि गर्न कीर्तिपुरका डिसपी डा.मेखबहादुर क्षेत्रीकोले सुरक्षासम्वन्धी कार्यपत्र प्रस्तुत गुर्नभएको छ । २०७३।३।२५ गते खुल्ला तथा दुर शिक्षा केन्द्र,त्रिविको आयोजनामा ‘२१ औ शताब्दी अनुसारको उच्चशिक्षा सञ्चालनका लागी आवश्यक क्ष्त्९क्ष्लायचmबतष्यल त्भअजलययिनथ,ध्क्ष्ँक्ष्,क्ःब्च्त् द्यइब्च्म् र इम्ी भ्मगअबतष्यल० को प्रयोग र त्रि.वि.को शैक्षिक कार्यक्रमको स्तरोन्नतीमा नँया आयाम थप गरिएको जानकारी एवं प्रसारण गरिने भएको छ ।

मिति २०७३।३।२६मा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा त्रि.वि.सभाको साधारण वैठक बसी त्रि.वि.कोृ नीति,कार्यक्रम,बजेट तथा नियमावलीहरुको संशोधन गरिने हुने भएको छ । साथै प्रधानमन्त्रीद्धारा त्रि.वि.उपकुलपतिको कार्यालय भवनको सिलान्यास गर्दै त्रिविको भूकम्पीय क्षतिको पुनःनिर्माण कार्यको थालनी गरिने कार्यक्रम रहेको छ ।

मिति २०७३।३।२७ मा त्रि.वि.कर्मचारी संघ केन्द्रीय समिति र केन्द्रीय कार्यालय एकाइ समितिको नेतृत्वमा त्रि.वि.शिक्षण अस्पताल महाराजगंज परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिने भएको छ । भने २०७३।३।२८ मा त्रि.वि.प्राध्यापक संघ केन्द्रीय समितिले ‘त्रिभुवन विश्वविद्यालयको विगत,वर्तमान र भविष्य’ विषयक विचार गोष्ठी सम्पन्न गर्नुका साथै त्रिविले आफ्नो शैक्षिक कार्यक्रम र गतिविधी सम्वन्धमा जानकारी गराउन पत्रकार भेटघाट कार्यक्रम समेत राखेको छ । साथै अन्तिम दिन असार २९ गते प्रधानमन्त्रीको उपस्थितिमा त्रिवि सभाको विश्वविद्यालय वार्षिक दिवस वैठक सम्पन्न भई ५४ औं ग्रेस लिष्ट पारित हुने साथै उक्त दिन त्रि.वि.समन्वय महाशाखाले नेपालसम्वन्धी शोध अध्ययनकर्ताहरु मध्ये उत्कृष्ट शोधार्थीलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook