Sign Into Mailbox

त्रिभुवन विश्वविद्यालयद्धारा ५७ औं बार्षिक दिवसको उपलक्ष्यमा जारी प्रेश विज्ञप्ती

प्रत्येक बर्ष बार्षिक दिवस सम्पन्न गर्ने विश्वविद्यालयको नियमित कार्यक्रम हो । तापनी यस ५७ औं बार्षिकदिवसको कार्यक्रमलाई त्रि.वि.ले फरक ढंगमा सम्पन्न गरेको छ । यो कार्यक्रम नियमित रुपमा सामान्य कार्यक्रमका साथ एक दिवसीय रुपमा मनाउने गरिएकोमा यस पटक विभिन्न कार्यक्रमका साथ सप्ताहव्यापी रुपमा सञ्चालन गरिएको छ । मुलुकुको उच्च शिक्षा नीति बहुविश्वविद्यालयको प्रयोग र त्रि.वि.को भावी कार्यदिशाबारे छलफलबाट प्रारम्भ भई सरसफाई तथा वृक्षारोपण,फ्रि वाईफाई जोन,स्मार्टबोर्ड,अनलाईन,दुरशिक्षा,उपकुलपति कार्यालयको सिलान्यास,रक्तदान,‘त्रिभुवन विश्वविद्यालय ःविगत,वर्तमान र भविष्य’ विषय विचार गोष्ठी ,८३ हजार ४ सय २५ को ग्रेस लिष्ट पारित सहितको त्रिवि सभाको वार्षिक वैठक गरी सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरिएको छ । त्रिवि कीर्तिपुर परिसरलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिएको छ भने सरसफाई र सौन्दर्य राख्न आवश्यक व्यवस्था मिलाइएको छ ।

त्रि.वि.ले राष्ट्रिय आवश्यकता अनुसार उच्च शिक्षाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दे आइरहेको व्यहोरा विदितै छ । यसले राष्ट्रको उच्च शिक्षामा ८० प्रतिशतभन्दा बढि जिम्मेवारी बहन गरेको छ । हाल विश्वविद्यालयले सेमेस्टर सिस्टमलाई व्यवस्थित र विस्तार गर्दै स्नातक तहवाटै लागु गर्ने योजना बनाएको छ । त्रि.वि.ले प्रविधियुक्त शिक्षाको थाली गरेको छ । यसअन्तर्गत वाईफाई र इ–लर्निङको व्यवस्था गरेको छ भने खुला र दुर शिक्षाको थालनी भएको छ । यसैगरी विद्युतिय प्रशासनको प्रयोगलाई प्रोत्साहित गरिएको छ । केन्द्रीय विभाग कीर्तिपुरमा अध्यापन गर्न एम.फिल र पिएचडी अनिवार्य हुनु पर्ने र क्रेडिट ट्रान्सफरको निति समेत लिइएको छ ।

त्रि.वि.मा भएको भूकम्पीय क्षतिको पुनःनिर्माण र यसको प्राज्ञिक उन्नयनको आवश्यकतालाई महशुस गरी त्रिवि दुरदृष्टि –२०३० निर्माण गरी कार्यक्रम लागु गर्ने योजना बनाइएको छ । विश्वविद्यालयका क्याम्पसका केन्द्रीय विभागहरुलाई उत्कृष्ट शैक्षिक तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने लक्ष्य स्वरुप विभागीय प्रमुखहरुलाई न्यूनतम सेवा सुविधा र थप जिम्मेवारी प्रदान गर्न त्रि.वि.कीर्तिपुरको गुरुयोजना भौतिक सुविधाको विस्तार गर्ने कार्यक्रम छ ।

भूकम्पीय क्षतिको पूनःनिर्माण अन्तर्गत उपकुलपति कार्यालयको शिलान्यास भएको छ भने शिक्षाध्यक्षको कार्यालयको भवनको वोलपत्र प्रक्रियामा रहेको छ । यसैगरी रजिष्ट्रारको कार्यालय र डीन कार्यालयको निर्माणपनि गुरुयोजना अन्तर्गत समावेश गरिएको छ । त्रि.वि.को व्यवस्थापन र समस्याहरुलाई समाधान गर्दै त्रिवि सेवा आयोगलाई नियमित र प्रभावकारी बनाउने प्रयास गरिएको छ भने आन्तरिक श्रोत परिचालनलाई महत्व दिई व्यवस्थापन गरिएको छ । सम्वन्धन कार्यलाई नीतिगत र प्रभावकारी बनाउन सम्वन्धन नीति तयार गरी लागु गरिएको छ । भने शिक्षक कर्मचारीलाई व्यवस्थित गर्न दरवन्दी नीति निर्माणार्थ शिक्षक÷कर्मचारी दरवन्दी अध्ययन तथा निर्धारण समिति गठन गरि त्रि.वि.का क्याम्पस र अन्य कार्यालयहरुको तोकिएको दरवन्दीको परिचालनको व्यवस्था गरिनेछ । यी सम्पूर्ण कार्यमा त्रि.वि.लाई सहयोग पु¥याउने संचारकर्मी लगायत सवैलाई धन्यवाद दिन्छौ र भविष्यमा पनि सहयोगको अपेक्षा गर्दछौं ।

प्रा.डा.ऋदिशकुमार पोखरेल
योजना प्रमुख,त्रिभुवन विश्वविद्यालय ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook