Sign Into Mailbox

त्रिभुवन विश्वविद्यालको ४२ औं दीक्षान्त समारोह सम्पन्न ।

त्रिभुवन विश्वविद्यालको ४२ औं दीक्षान्त समारोह सम्पन्न ।
काठमाडौं । पौष १४

42th convocation of TU

त्रिभुवन विश्वविद्यालयको ४२ औं दीक्षान्त समारोह सम्पन्न भएको छ ।

पुल्चोक क्याम्पसको खेलकुद मैदानमा आयोजना गरिएको दीक्षान्त समारोहमा २०७२ जेन १८ देखि २०७३ असार १ गते सम्म स्नातक,स्नातकोत्तर,एम.फिल र विद्यावारिधि गरेका ८३ हजार ४ सय २५ विद्यार्थी मध्ये ९ हजार ७ सय ३४ जनाले दीक्षान्तमा सहभागिता जनाएका थिए ।

त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालल ‘प्रचण्ड’को अध्यक्षतामा आयोजित दीक्षान्त समारोहमा शिक्षाशास्त्र संकायबाट ३१ हजार ४ सय ८, व्यवस्थापन संकायबाट २७ हजार २ सय ३७,मानविकी संकायबाट १५ हजार ९ सय २७, कानुन संकायबाट ८ सय ५७ एवं विभिन्न अध्ययन संस्थानका ७ हजार ९ सय ९४ जना विद्यार्थी सहभागी भएका थिए ।

समारोहलाई सम्वोधन गर्दै कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न,कला संस्कृति र परम्परताको संरक्ष्णा गर्ने,ज्ञान विज्ञान तथा प्रविधिका क्षेत्रमा सामयिक अध्ययन–अनुसन्धानमा संलग्न रहने त्रिविले खेलेको भूमिकाको प्रंशसा गर्नुभयो । शिक्षा जिवन, समाजका साथै मानवता र राष्ट्रसेवाका लागि समेत उपयोगी हुुन पर्दछ भन्दै उहाले आर्थिक हैसियत भएकाहरुको मात्र उच्च शिक्षामा पहुँच हुन नहुने समेत बताउनुभएको थियो । साथै उहाँले त्रिविलाई व्यवसायिक विषय र प्रविधियुक्त शिक्षाको बृद्धि गर्ने दायरालाई समेत फराकिलो बनाउन आवश्यक रहेको बताउनुभयो ।

४२ औं दीक्षान्त समारोहका प्रमुख अतिथि संस्कृतिविद् सत्यमोहन जोशीले शिक्षाको घाम सर्वत्र लाग्नुपर्छ भन्ने नारालाई झारा टार्नका निम्ति मात्र शिक्षण संस्था खोलिनु हुदैन भन्ने धारणा व्यक्त गर्दै विश्वविद्यालयका अनुसन्धान केन्द्रहरुको मुख्य काम आफ्नो देशका विशेषताको अध्ययन –अनुसन्धान गरी नयाँ ज्ञान प्राप्त गर्नु भएको भन्दै अनुसन्धान केन्द्रहरु स्रोत र साधन सम्पन्न हुनुपर्ने बताउनुभयो । ‘बुद्ध जन्मेको देशमा जन्मेका हामीले आफना भावनामा,चिन्तमा र कर्ममा बुद्धलाई प्रवाहित गर्न सक्नुपर्छ’ भन्दै उहाँले हाम्रा शिक्षण –सस्थाहरुले संयुक्त राष्ट्रसंघ जस्ता विश्व संस्थाको आह्वानमा अशान्त क्षेत्रलाई शान्ति स्थापनाका निम्ति तप्पर रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा त्रिविका सह–कुलपति एवं शिक्षामन्त्री धनीराम पौडेलले शिक्षा सुसंस्कृत, सचेत, नैतिक र इमान्दार नागरिक उत्पादन गर्ने माध्यम भएको भन्दै हाल नेपाली समाजमा अनुशासन,मर्यादा र सच्चरित्र निर्माणको प्रश्न गम्भीर बन्दै गइरहेको बताउनुभयो । दीक्षित विद्यार्थीहरुलाई सम्वोधन गर्दै उहाँले देशलाई कुन दिशामा लैजाने हो त्यो तपाईहरुकै हातम रहेको छ भन्दै देशबाट मैले के पाएँ भन्दा पनि क मैले के दिएँ वा के दिँदैछु भन्ने कुरामा बिचार पु¥याउन समेत आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा त्रिविका उपकुलपति प्रा.डा.तीर्थराज खनियाले त्रिविले आफ्नो स्थापनाकालदेखि वर्तमानसम्म अनेकौं चुनौतीका विच राष्ट्रको सर्वाङ्गीण विकासका लागि आवश्यक उच्च जनशक्ति उत्पादन गर्ने भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । त्रिविसँग लामो शैक्षिक अनुभव रहे पनि अझै केहि नीतिगत प्रश्नहरुको सामाधसान गर्न आवश्यक रहेको र समायानुकुल शैक्षिक कार्यक्रमहरुको सुधार र विस्तार हुनु पर्ने भएको समेत धारणा व्यक्त गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरका शैक्षिक कार्यक्रमहरुलाई सुधार र विस्तार गर्ने सन्र्दभमा प्रविधिको अधिकतम उपयोग गरी इन्टरनेट सेवाको माध्यामवाट दुर शिक्षा र अनलाई शिक्षा प्रदान गरी नियमित कक्षाकोठाको उपस्थिति हुन नसक्ने टाढा–टाढाका शिक्षार्थीहरुलाई समेत शिक्षा दिइने बताउनुभयो ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook