Sign Into Mailbox

चुरे अनुसन्धानको जिम्मा त्रिविलाई ।

त्रिभुवन विश्वविद्यालय वातावरण केन्द्रीय विभागले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको सहयोगमा चुरे क्षेत्रमा रहेका पहिरो तथा भुक्षयको पहिचान गरी अति जोखिममा रहेका पहिरो र भूक्षयलाई रोकथाम गर्न बैज्ञानिक अनुसन्धान अनुसन्धान गरिरहेको छ ।

चुरे क्षेत्रमा देखिएको पहिरो,भुस्खलन लगायतका समस्याको समाधान गर्न पहिरो र पहिरोद्धारा सिर्जित प्रमुख भूस्खलनका स्थानहरुको पहिचान गर्ने र इन्भेन्टरी म्याप तयार गर्ने, पहिरोद्धारा सिर्जित प्रमुख भुस्खलनका स्थानहरुको आइडी सहितको जिआइएस डाटावेस तयार गर्ने,प्रत्येक पहिलो र भुस्खलनका स्थानहरुको छुट्टाछुट्टै प्रकृति, अवस्था र कारणहरु पत्ता लगाउने,भविष्यमा पहिरो जान सक्ने स्थानहरुको पहिचानको लागी ल्यान्डस्लाईड ससेप्टिबिलिटी म्याप तयार गर्ने,पहिरोेको जोखिमको स्तरिकरण गरी पहिरोहरुको प्राथमिकता निर्धारण गर्ने,बढि जोखिममा परेका पहिरोहरुको रोकथामका प्राबिधिक र इन्जिनियरिङ्ग डिजाईनहरु तयार गरी उक्त डिजाइनका लागी बजेट इस्टिमेट गर्ने का काम गरिरहेको छ ।

त्रिवि वातावरण केन्द्रीय विभागले एक कार्यक्रम आयोजना गरी आफुले गरेको सम्पूर्ण गतिविधि र प्राप्त भएका नजिताका वारेमा विभिन्न मन्त्रालयका प्रतिनिधी,विज्ञ एवं राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिसमेतलाई जानकारी गराएको थियो ।

चुरे क्षेत्रमा देखिएको समग्र पर्यावरण एवं भौगोलिक वस्तुस्थितिको बारेमा विभिन्न लिटरेचर स्टडी,स्याटलाईट इमेज एनालाइसिस,स्थलगत अध्ययन, सरकारी तथ्याङ्ग र सामाग्रीको अध्ययन, प्रयोगशाला विश्लेषण र जिआईएस विश्लेषण र नक्साङ्गन गरी बैज्ञानिक र वस्तुगत ढंगले अध्ययन गरीएको अनुसन्धानमा संलग्न परियोजना संयोजक तथा इन्जिनियरिङ्ग भूगर्भविद् डा. सुबोध ढकालले बताउनुभयो ।

चुरेकै अनुसन्धानमा हाल १ जना विद्यार्थी पिएचडी गर्दैछन भने ३ जना विद्यार्थीले स्नातकोत्तर थेसिस गरिरहेका त्रिवि बतावरण केन्द्रीय विभागका प्रमुख डा.केदार रिजालले जानकारी गराउनुभएको थियो । अनुसन्धानको पाटो प्राज्ञहरुलाई सुम्पिदा थप व्यवहारिक एवं बैज्ञानिक हुने अपेक्षा आफुहरुले गरेको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष विरेन्द्र यादवको धारणा रहेको थियो ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook