Sign Into Mailbox

ग्रेडिङ सिस्टमको बारेमा राष्ट्रिय सेमिनार सम्पन्न ।

IMG_7952

काठमाडौं । फागुन १०

त्रिभुवन विश्विद्यालय शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड)को आयोजना एवं विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा Letter Garding System : Implication and Impacts in Higer Education शीर्षकको एकदिने राष्ट्रिय सेमिनार मिति २०७२।११।१० गते सम्पन्न भएको छ ।

पछिल्लो समयमा एस.एल.सी देखि विश्वविद्यालयका विभिन्न तहमा लेटर ग्रेडिङ्ग गर्ने विषयमा चर्चाहुन लागे सँगै यसका यसका विविधि सम्भावना र जटिलताहरु पहिल्याउने उद्देश्यले सेरिडले आयोजना गरिएको राष्ट्रिय सम्मेलनका उद्घाटन त्रिविका उपकुलपति प्रा.डा.तीर्थराज खनियाले गर्नुभएको हो ।

कार्यक्रममा संक्षिप्त मन्तव्य राख्नुहुदै त्रिवि उपकुलपति प्रा.डा.खनिायले लेटर ग्रेडिङ्गले मात्रै शिक्षाको गुणस्तरीयता र विश्वसनियता नबढ्ने भन्दै सम्पूर्ण शैक्षिक पद्धति एवं पाठ्यक्रम समेतलाई समसामयिक र बैज्ञानिक बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । शिक्षालाई वढिभन्दा वढि प्रतियोगितात्मक,व्यवहारिक साथै प्राविधिक बनाउदै एकाइशौ शताब्दीमा बजारको आबश्यकता अनुसारको शिक्षा हुनुपर्ने भन्ने उहाँको मुख्य जोड रहेको थियो ।

त्रिभुवन विश्वविद्यालय,शिक्षा मन्त्रालय,काठमाडौं विश्वविद्यालय, उच्चमाध्यामिक शिक्षा परिषद लगायतका सरोकारवाला संस्थाहरुका महत्वपूर्ण व्यक्तित्वहरुको सहभागिता रहेको राष्ट्रिय सेमिनारमा प्रा.डा. गणेश बहादुर सिंहले “Concept of Letter Grading System”  डा.बालचन्द्र लुइटेलले  ‘Letter Garding System : International Practices’ र प्रा. डा. स्वयं प्रकाश जबराले  ‘Letter Grading System; Implication in Higher Education’ शीर्षकको लेटर गे्रडिङ्ग सिस्टम सँग सम्वन्धित तिनवटा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

लेटर गेडिङ्ग सिस्टमका अवधारण,चुनौति, यसले सिर्जना गर्ने विविध अन्योलता साथै अन्तराष्ट्रिय प्रचलन सँग सम्वन्धि उक्त कार्यपत्रहरुका बारेमा प्रा.डा.प्रेमनारायण अर्याल,प्रा.डा. बासुदेब काफ्ले,प्रा.डा.लेखनाथ शर्मा,त्रिविका पूर्व उकुलपति प्रा.डा माधवप्रसा शर्मा, काठमाडौं विश्वविद्यालयका परिक्षा नियन्त्रका सञ्जय खनाल, उच्चमाध्यामिक शिक्षा परिषदका उपाध्यक्ष चैतन्य शर्मा,नेपाल प्राध्यापक संघका सभापति प्रा.रामेश्वर उपाध्याय लगातले विश्वका विभिन्न विश्वविद्यालयमा प्रचलनमा आइसकेको ग्रेडिङ्ग सिस्टम लागु गर्नुपर्ने यद्यपी यसबाट हुनसक्दे अधिकतम त्रुटी एवं कमीकमजोरीका वारेमा समयमै सम्वन्धित निकायहरु जानकार हुनुपर्ने भन्दै सुझाव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका उद्देश्य र यसले उठाउनको खोजेको विषयका वारेमा सेरिडका कार्यकारी निर्देशक एवं सेमिनारका सभापति प्रा.डा.कृष्णचन्द्र शर्माले धारणा राख्नुभएको थियो भने सेरिडमै कार्यरत प्रा.डा कविप्रसाद पोख्रेलले कार्यक्रम संचालनगर्नुका साथै स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook