Sign Into Mailbox

कम्प्युटर अपरेटरको तालिम सम्पन्न ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगवाट कम्प्युटर अपरेटर परिक्षामा संलग्न भई उर्तिण भएका २४ जना नव प्रवेशीहरुलाई त्रिवि जनशक्ति विकास तथा कल्याण परिषद र आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र(सेडा)को संयोजकत्वमा मिति २०७२ साउन ९ देखि १४ सम्म एक हप्ते सेवाप्रवेश तालिम सम्पन्न भएको छ ।

तालिमको समापन कार्यक्रमलाई सम्वोधन गर्दै त्रि.वि.का रजिष्ट्रार डिल्लीराम उप्रेतीले समय र परिर्वतनको मागलाई सम्वोधन गर्न त्रिवि क्रमशः प्राविधिक क्षेत्रमा प्रवेश गरेको छ । विश्वका कतिपय मुलुक पेपरलेस प्रशासनमा प्रवेश गरीसकेको अवस्थामा त्रिविपनि क्रमशः आफूलाई रुपान्तरण गर्दै अघि वढ्ने योजनामा रहेको बताउनुभयो । नवप्रवेशीहरुलाई आफु कार्यरत क्षेत्रमा प्राविधिक सक्रियता बढाउन अनुरोध गर्दै नवप्रवेशीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा तालिमक संयोजक सह–प्राध्यापक इन्दु मास्केले तालिममा सहभागीहरुको उत्साह र उंमगले आफूलाई थप प्रोत्साहित बनाएको बताउनुभयो ।

कार्यक्रममा त्रिवि समन्वय महाशाखाका प्रमुख दामिनी वैद्यले तालिम कार्यक्रम सम्पन्न गर्न महतवपूर्ण भूमिका निर्वाह गर्ने सवैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

Sign Up NewsLetter

Search the site

Follow us on Facebook