Sign Into Mailbox

असिष्टेण्टहरुको सेवाप्रवेश तालिम सम्पन्न

त्रिभुवन विश्वविद्यालय समन्वय महाशाखाको संयोजकत्वमा आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा)को अग्रसरतामा त्रिवि सेवा अयोगवाट खुल्ला विज्ञापन मार्फत सिफारिस भएका सहायक लेखापाल,असिस्टेष्ट र सहायक भण्डारपालहरुको मिति २०७३ साउन १९ गतेदेखी २५ गते सम्म सञ्चालित एकहप्ते सेवाकालिन तालिम सम्पन्न भएको छ ।

सेवाकालिन तालिमको समापन कार्यक्रमको सम्वोधन गर्दै त्रि.वि.का शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठीले नवप्रवेशी कर्मचारीहरुलाई तालिममा सिकेका ज्ञान र सिपको व्यवहारिक कार्यान्वयन गर्न आग्रह गर्दै प्रशासनिक क्षेत्रमा उहाँहरुको थप क्रियाशिलताको अपेक्षा गरिएको बताउनुभयो ।

कार्यक्रममा तालिम संयोजक सह–प्राध्यापक इन्दु मास्केले नवप्रवेशीहरुको सिक्न सक्ने क्षमताको पं्रशसा गर्दै उहाँहरुको क्षमताले संस्थालाई महत्वपूर्ण उपलब्धी हासिल गर्न सघाउन पुग्ने विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सेडाका कार्यकारी निर्देशक प्रा.डा रामचन्द्र ढकालले आफ्नो उत्तरदायित्व प्रति सधै सजग र चनाखो हुन नवप्रवेशी कर्मचारीहरुलाई सुझाव दिनुभएको थियो भने समन्वय महाशाखा प्रमुख दामिनी बैद्यले तालिम कार्यक्रम आयोजना गरि सम्पन्न गर्न प्रत्यक्ष एवं अप्रत्यक्षरुपमा भूमिका निर्वाह गर्नुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

तालिममा सहभागी कर्मचारीलाई त्रिवि शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठीले प्रमाणपत्र वितरण गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो

Sign Up NewsLetter

Search the site

Follow us on Facebook