Sign Into Mailbox

अभिव्यक्तिमा कुनै सत्यता छैन ।

मिति २०७०।१०। ७ मा लोकप्रिय दैनिक पत्रिका कान्तिपुरमा प्रकाशित मेडिकल कलेजहरुको सम्वन्धनमा  ‘६० करोडको चलखेल’ भएको भनि नेपाली काग्रेसका सभासद एवं एक जिम्मेवार चिकित्सक डा. शंशाक कोइरालाले दिनुभएको भ्रामक अभिव्यक्ति प्रति त्रिभुवन विश्वविद्यालयको गम्भिर ध्यानाकर्षण भएको छ ।विश्वविद्यालय एवं अस्पताल जस्तो पत्रिव सस्थाप्रति कुनैपनि आधार एवं प्रमाणविना सस्थांको मर्यादा समेतलाई वेवास्ता गर्दै सभासद जस्तो जिम्मेवार व्यक्तिले कपोलकल्पित लाञ्छनापूर्ण अभिव्यक्ति दिनु शोभनिय हुँदैन । जहाँसम्म सम्वन्धनको विषयमा त्रिविले पटक पटक प्रेस विज्ञप्ती मार्फत सम्पूर्णमा अवगत गराउँदै आइरहेको छ । पूर्वाधार नपुगेका वा यथेष्ठ क्षमता नभएका कुनैपनि मेडिकल कलेजलाई सम्वन्धन दिनुहुदैन र दिएकोपनि छैन । यसमा एक जिम्मेवार शैक्षिक सस्थाको हैसियतमा त्रिवि जिम्मेवार एवं प्रतिवद्ध छ । तर एउटा पवित्र सस्थाप्रति कुनैपनि प्रमाण एवं सत्यतथ्य विवरण विना आवेगमा आई विवादास्पद एवं गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिनु कुनैपनि ढंगले न्यायसंगत हुदैन । माननिय सभासदज्यूको अभिव्यक्तिमा कुनैपनि सत्यता छैन यस्ता भ्रामक अभिव्यक्तिको पछि नलाग्न त्रिवि सवैमा अनुरोध गर्दछ ।

Press -Release of Tribhuvan University

Press -Release of Tribhuvan University

Sign Up NewsLetter

Search the site

Follow us on Facebook